राष्ट्रपति निर्वाचनमा एमालेले विजय प्राप्त गर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनमा एमालेले विजय प्राप्त गर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सचिव भट्टराईले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दावी गरेका हुन् । ‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ,’ उनले लेखेका छन् । शनिबार बसेको नेकपा एमाले सचिवालय बैठकले राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली काँग्रेसले भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया