काठमाण्डौ । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट हटाएको छ । शनिवार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईलाई पार्टीबाट हटाएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । प्रसाईं पछिल्ला दिनहरुमा गणतन्त्रविरोधी क्रियाकलापमा सहभागी भएपछि एमाले नेतृत्वको आलोचना हुँदै आएको थियो । आलोचना खेपेका प्रसाईंले आफूलाई पार्टीबाट निकाल्न चेतावनी दिँदै आएका थिए ।


दर्शन खबर । १३ फाल्गुन २०७९, शनिबार