सुर्खेत । भेरी बहुमुखी क्याम्पस गुमी सुर्खेतले नेपाल विद्यार्थी संघ (नेविसंघ) को नयाँ कार्यसमिति चयन भएको छ । इकाई अधिवेशनबाट २० सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनबाट सभापतिमा दीपेन्द्र पंगाली निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा बिर बहादुर रोकाय, र दिप्ती सुनार सचिवमा डम्बर वलि, सहसचिवमा सोनिया बोहरा, कौशिला खत्री र सुस्मिता सुनार र कोषाध्यक्षमा भरत पौडेल चयन भएको नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का क्षेत्रीय कार्यसमिति सचिब मोहन रानाले जानकारी दिए । उनका अनुसार यस्तै सदस्यहरुमा अस्मिता पौडेल, बिनिता बुढा, दिपेश सेन, मौसम वड, बिनिता घर्ती, तिर्सना बुढा, छाया सापकोटा, करिना घर्ती, प्रमिला बुढा, मैना सुनार, अस्मिता गुरुङ र हिमानी थापा रहेका छन् ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार