सुर्खेत । वीरेन्द्रनगरमा फागु पुर्णिमा होलीको अवसरमा पहिलो पटक ‘होली लाइभ कन्सर्ट’ हुने भएको छ । शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै गोरेटो रेष्टुरेन्टको आयोजनामा पहिलो पटक ‘होली लाइभ कन्सर्ट’ हुन लागेको कार्यक्रम व्यवस्थापक सुर्वण थापाले जानकारी दिए । नेपालीको संस्कृतिको जगेर्ना, आपसी मेलमिलाप, शान्त, सुरक्षित र रमणिय वातावरण बनाउने उद्धेश्यले लाइभ कन्सर्टको आयोजना गरिएको थापाले जानकारी दिए । लाइभ कन्सर्टमा चर्चित गायक अल्मुडा राना उप्रेती लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । लाइभ कन्सर्ट यही फागुन २२ गते सञ्चालन हुने छ ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार