काठमाण्डौँ । बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन् । एमाले अध्यक्ष ओलीले पुस १० गतेको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार