सल्यानमा सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान

सल्यान । सिद्ध कुमाख गाउँपालिकाले जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । शैक्षिक वर्ष २०७८ सालको एसईई र कक्षा ८ को वार्षिक परिक्षामा सबैभन्दा बढी जिपिए ल्याउने २/२ जना छात्र/छात्रालाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो । कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने निराजन मावि ढोरचौरका नविन गिरी र जनता कालिका आवि चिनालीकी गंगा बुढा मगरलाई पुरस्कार प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड समापन तथा पुरस्कार वितरण समारोहको अवसरमा विध्यार्थीलाई सम्मान गरिएको हो । कक्षा ८ मा उत्कृष्ट छात्र/छात्रालाई रु १०/१० हजार र एसईईमा उत्कृष्ठ छात्र/छात्रालाई रु २५/२५ हजार प्रोत्साण स्वरुप प्रदान गरिएको बताईएको छ ।


तपाईको प्रतिक्रिया