केपी शर्मा ओलीले ‘बा’ नाम गरेको यूट्यूव च्यानल खोले

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बा’ नाम गरेको यूट्यूव च्यानल खोलेका छन्। आफ्नो जन्म दिन पारेर अध्यक्ष ओलीले आउने पुस्तालाई सुनाउन आफ्ना अनुभव र स्मरण उक्त यूट्यूव च्यानलमा राखिने बताएका छन्। युवा पुस्ता ओली ‘बा’ का नामले परिचित छन्। उनलाई पार्टीभित्र धेरै नेताले बाको नामबाट सम्वोधन गर्छन्। आफ्ना सन्तान नभए पनि ओलीले सबै नेता कार्यकर्ता र आम नागरिकलाई अभीभावकीय भूमिका निर्वाह गर्ने गरेको भन्दै उनलाई ‘बा’ का नामले सम्वोधन गर्ने गरिन्छ। अहिले उक्त यूट्यूव च्यानलमा एउटा भिडियो अपलोड गरिएको छ। जसमा ‘तीन मृत्यु जसले मलाइ छोडेर गए’ शीर्षकमा ओलीको भावुक विगतलाई राखिएको छ। उक्त भिडियोमा ओलीले ०५१ सालमा हेलिकप्टर दुर्घटना हुँदा समेत आफूहरु बाँचेको हृदयविदारक स्मरण उल्लेख गरेका छन्।


तपाईको प्रतिक्रिया