सुर्खेत । नेकपा एमालेका नेता भिम रावलले अहिले बनिरहेको गठबन्धन क्षणिक भएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्म्मेलन गर्दै नेता रावलले अहिलेको गठबन्धन धेरैबेर नटिकेर पुरानै गठबन्धन ब्युउँतिने सक्ने टिप्पणी गरेका हुन् । उनले अहिले बनिरहेको गठबन्धन पनि कुनै निति निर्देशकबाट नभएको हुूँदा धेरै बेर नटिक्ने निश्चित भएको दाबी गरेका छन् ।राष्ट्रपतिको निर्वाचनको बारेमा बोल्दै उनले राष्ट्रपतिको निर्वाचनमा विदेशीको हस्तक्षेप भएको बताएका छन् । उनले अहिलेको राजनितिक जनता हितकोे लागि नभई पदको स्वार्थका लागि मात्रै केन्द्रित भएको बताए । देशको राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप बढेको संकेत गर्दै उनले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेश राजदुतसंग भेटघाट बढाउनु देशको राष्ट्रियतामा गम्भिर संकट भएको बताए ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार