सुर्खेत । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालका शासक दलहरु देशभक्त नहुँदा राष्ट्रपतिको निर्वाचनमा भारतको हस्तक्षेप बढेको बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणमा बोल्दै सचिव सुवालले यस्तो बताएका हुन् । उनले नेपाल मजदुर किसान पार्टीले माओवादीलाई कम्युनिष्ट नभएर अराजकतावादी भएको उतिबेला उल्लेख गरेको भन्दै पूँजीवादी गणतन्त्रले कामदार जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी नदिने भनाइ राखे । नेपाल नागरिकको हैसियतले पूर्वराजा ज्ञानेन्द्रले दल खोल्न सक्ने तर अब राजतन्त्र फिर्ता हुने सम्भव नभएको उनको भनाइ थियो ।
नेकपा, एमाले, माओवादीजस्ता शासक पार्टीहरु एकै ड्यांका मुला हुन् भन्दै सबै शासक दलहरुले देशघाती एमसीसी पारित गरेको तर्क गरे । उनले एमसीसीमा वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने प्रावधान भएको भन्दै तत्कालीन प्रम देउवाले सित्तैमा आएको लिने तर्क राखेको बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले पार्टीको संगठन र अनुशासनबारे प्रशिक्षण दिएका थियो । नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष प्रकाश गुरुङले मानव समाजको विकासको बारे प्रशिक्षण दिएका थियो ।


दर्शन खबर । ११ फाल्गुन २०७९, बिहीबार