काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनका सम्बन्धमा बिहिबार साँझ नेकपा एकिकृत समाजवादी तथा जनता समाजवादी पार्टीसंग भएको छलफलमा कुनै निष्कर्षमा पुग्न नसकिएको बताएका छन् । राष्ट्रपति कसले पाउने भयो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले यो विषयमा छलफल भैरहेकाले फाइनल नभएको तथा शुक्रवार एमाले अध्यक्षसँग केपी शर्मा ओलीसंग पनि भेट्ने बताएका छन् । प्रचण्डले नेकपा अथवा पुरानो गठबन्धनमध्ये के ब्युँताउने ? भन्ने जिज्ञासामा पनि कुनै टुंगोमा नपुगेको बताए ।


दर्शन खबर । ११ फाल्गुन २०७९, बिहीबार