जाजरकोट । शिवालय गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक बिजुली पुगेको छ । सोलारका भरमा जीवनयापन गर्दै आएको सो वडामा आज (बिहीवार) पहिलो पटक बिजुली पुगेको हो । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमा विजुली बत्ति बलेको देख्दा आफुलाई निकै भाग्यमानी ठानेको शिवालय गाउँपालिका वडा नम्बर ५ थालारैकर विरालसिमाका अगुवा ददु शाहीले बताए । यस्तै शिवालय गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य करु शाहीले बिजुलीको सुविधाले विद्यालयमा पठन–पाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पग्ने हुँदा आफु निकै नै खुसी भएको जानकारी दिए ।
शिवालय गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोपाले दमाईले सुरुमा बत्तिको स्विच थिचेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दमाईले जनतासँग गरेका विभिन्न प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पुरा गरेको बताए । उनले आज गाउँको मुख्य केन्द्रमा बत्ति बलेको हुँदा अबको केही दिनमा शिवालय गाउँपालिका वडा नम्बर ५ का सबै टोलमा विजुली बत्ति पु¥याउने बताए । गाउँमा विजुली पुगे पछि अब भने धेरै काममा राहत मिल्ने छ । ठाँटी बजारमा राखिएको ट्रान्समिटर अन्तर्गत यहाँ विभिन्न बिरालसिमा, मुख्याटोल, गैरीगाँउ, माण्डेरा, सल्लेरी लगायतका टोल गरी करिब दुई सय भन्दा बढी घरमा एकै पटक बत्ती बाल्ने योजना रहेको छ ।


दर्शन खबर । ११ फाल्गुन २०७९, बिहीबार