एक रूपैयाँ घुस लिएको कसैले प्रमाणित गर्छ भने झुण्डिन तयार छु : लिङ्देन

काठमाण्डौँ । उपप्रधानमन्त्री एवम ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले पीपीएमा घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले पीपीएमा घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार हुने बताएका हुन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘विद्युत खरिद सम्झौतामा मात्र होइन, मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

उनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर नै काम गर्ने दोर्होयाएका छन् । उनले विद्युत खरिद सम्झौताको खुला गर्दा कुनै आर्थिक चलखेल नभएको दाबी समेत गरेका छन् । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता गर्दा ऊर्जामन्त्रीले एक अर्ब रकम लिएको भनेर सुनियोजित ढंगबाट दुष्प्रचार गरिएको आरोप लगाएका छन् । गत बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाहरुबाट खरिद सम्झौताका लागि निवेदन र कागजात माग गरेको थियो ।


तपाईको प्रतिक्रिया