शिवालय गाउँपालिकामा ६ वर्षमा १० हाकिम किन फेरिए ?

कुलेन्द्र शाही सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा जनप्रतिनिधि आएको ६ वर्षमा १० जना प्रमुख प्रशासकिय अधिकृत फेरीएका छन् । सुरुमा निमित्त कार्यकारी अधिकृत भएर गुल्मी जिल्लाबाट गोमा पन्थी २०७३ फागुन ३० गते आएर १० दिन मात्रै बसेको शिवालय गाउँपालिकाको तथ्याङ्गकमा उल्लेख गरीएको छ । तर यता गोमा पन्थी भने आफु शिवालय गाउँपालिकामा अहिले सम्म नगएको दाबी गर्छिन । तर गाउँपालिकाको तथ्याङ्गकको वोर्डमा नै सुरुमा उनको नामक राखिएको छ । बोर्डमा लेखिएको छ ‘ गोमा पन्थी पद निमित्त कार्यकारी अधिकृत जिल्ला गुल्मी अवधि २०७३ फागुन ३० गतेदेखि चैत १० गते’‚ उनको सरुवा भएको भोलिपल्टदेखि नै वाफीकोट गाउँपालिका ६ रुकुमबाट लोक बहादुर कुसारी आए । उनीले पनि जसोतसो सात महिना कटाए । उनी २०७३ चैत ११ गते आएर २०७४ असोज १९ गते अन्य जिल्लामा सरुवा भए । उनी पनि सरुवा भएको भोलिपल्टदेखि नै रुकुमबाट रविन्द्र बुढा क्षेत्री शिवालयमा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आए । बुढा २०७४ असोज २० गते आएर २०७५ जेठ २० गते सरुवा भए ।

उनी शिवालयमा करीब नौ महिना बस्न सफल भए । उनी गएपछि अर्घाखाचीबाट नुमानन्द दमासे प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएको तथ्याङ्गकमा उल्लेख छ । उनी २०७५ जेठ २१ गते आएर साउन २७ गते नै सरुवा भए । उनी सरुवा भएको दिनमै गाउँपालिकाले स्थानिय प्रमुख प्रशासकिय अधिकृतका रुपमा धनिराम शर्मालाई पायो । शर्मा २०७५ साउन २८ गते आएर २०७७ असार १५ गते सरुवा भए । उनले भने स्थानिय भएर जसोतसो दुई वर्ष १० महिना काम गरे । उनले पनि छोडेको भालिपल्टदेखि नै दैलेखबाट अनिल कुमार पाण्डे शिवालयमा हाकिम बने गए । तर उनी पनि अरु जस्तै एक वर्ष पनि कटाउन नसकेर अन्इ ठाउँमा सरुा भए । २०७७ असार १६ गते गएका पाण्डे २०७८ वैसाख ३१ गते सरुवा भएको गाउँपालिकाले जनाएको छ । उनले त्यँहा १० महिना काम गर्ने अवसर पाए । पाण्डेको सरुवा पछि बर्दियाबाट नर बहादुर विक २०७८ जेठ एक गते शिवालयमा हाकिम बनेर आए । तर उनी आएको रेर्कड पालिकामा भए पनि सरुवा भएको रेर्कड भने पालिकामा नभएको विालय गाउँपालिकाका सुचना अधिकारी प्रमोद न्यौपाने बताउँछन् ।

यस्तै विक पछि भेरीनगरपालिका जाजरकोटबाट सुदिप सिँह सुनार २०७८ पुस २१ गते आए । उनी पनि आएको रेकर्ड छ तर सरुवा भएको रेकर्ड छैन् । उनी पनि शिवालयमा कति टिके पत्तो छैन् । त्यसपछि उनी सरुवा भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका ४ का राजेन्द्र कुमार चन्द पनि २०७८ चैत २१ गते आए । आएको पाँच महिनापछि उनी पनि शिवालयबाट अन्य जिल्लामा सरुवा भए । हाल शिवालय गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा जाजरकोट भेरी नगरपालिका २ का दल बहादुर बाँठा कार्यरत रहेका छन् । उनी त्यँहा २०७९ पाँच महिना एक गते आएका हुन् । बाँठा पनि शिवालयमा कति समय टिक्छन् भन्ने कुनै टुंगो छैन् । यसरी हेर्दा पछिल्लो छ वर्षको अवधिमा शिवालयमा गाउँपालिकामा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । स्थानिय धनिराम शर्मा बाहेक अरु सबै हाकिम अरु हाकिमहरू एक वर्ष पनि टिक्न सकेनन् । स्थानीय सरकारको मुख्य प्रशासनिक काम गर्ने ब्यक्ति नै पालिकामा टिक्न नसक्दा विकास निर्माणका साथै अन्य प्रशासनिक कामकाज र गाउँसभा र गाउँकार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

किन टिक्दैन प्रमुख प्रशासकिय अधिकृत
कुनै पनि निजामती कर्मचारी विशेष परिस्थितिबाहेक सरूवा भएर आएको अवधिदेखि कम्तिमा एक वर्ष काम गर्नुपर्ने हुन्छ । तर शिवालयमा भने त्यसो हुन् सकेको छैन । एक जना हाकिम बाहेक अरु सबै एक वर्ष पनि शिवालयमा टिक्न नसकेको गाउँपालिकाको तथ्याङ्गकमा उल्लेख गरीएको छ । शिवालय गाउँपालिकामा २०७४ जेठ १९ गते प्रमुख प्रशासकिय अधिकृतका रुपमा अर्घाखाचीबाट आएका नुमानन्द दमासे आए । उनी त्यँहा करीब दुई महिना पनि राम्रो सँग बस्न सकेकन् । उनले आफु शिवालय बाट सरुवा हुनुमा गाउँपालिकाका जनप्रतिनिधिको अनावश्यक दखल अन्दाजीकै कारण बाध्य भएर अन्य जिल्लामा सरुवा भएको बताए । उनले आफ्नो ज्वाई काठमाण्डौमा बिरामी भएका हुँदा उनलाई हेर्ने मान्छे नभएको र शिवालयमा स्थानिय धनिराम शर्माले अधिकृतका स्पमा ईच्छा देखाएको हुँदा आफु सरुवा भएको जानकारी दिए । यस्तै २०७८ जेठ एक गते हाकिमका रुपमा बर्दियाबाट आएका नर बहादुर विकले आफ्नै व्यक्तिगत समस्याका कारण अन्य जिल्लामा सरुवा भएको बताए । उनी त्यँहा आठ महिना मात्र टिक्न सफल भए । यस्तै २०७८ चैत २१ गते बाँकेबाट राजेन्द्र कुमार चन्द शिवालयमा गए । उनी पनि त्यँहा पाँच महिना बसे । उनीले आफु सरुवा हुनुमा विशेष नयाँ जनप्रतिनिधि सँग काम गर्न पनि अफ्ठेरो हुनुका साथै आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले त्यँहाबाट सरुवा भएको बताए ।

तपाईको प्रतिक्रिया