भेरीगंगामा ३८ थान मोबाईल बरामद

फाईल तस्बिर

सुर्खेत । भेरीगंगामा प्रहरीले बिल नभएका ३८ थान मोबाईल बरामद गरेको छ । प्रहरीले बिहीबार दिउँसो साढे एक बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर ५ बबईबाट बिल नभएका ३८ थान मोबाईल जफत गरेको हो । नेपालगञ्ज बाट सुर्खेत आउदै गरेको भे १ ज १००४ नं। को फोर्स गाडीलाई अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको १८ थान टच मोबाईल र २० थान कि प्याड गरी जम्मा ३८ थान मोबाईल बरामद गरीएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । बरामद गरीएका मोबाईल अस्थायी प्रहरी पोष्ट बबईमा राखिएको र गाडिलाई गन्तव्य तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया