माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु


सुर्खेत,
माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्तामा एक महिलाको मृत्यु भएको छ ।
दशैमा घर पोत्ने माटो लिन गएकी नेपाली कांगे्रस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति ४९ बर्षिया दिपा भण्डारीको मृत्यु भएको हो ।
आईतवार दिउँसो घर नजिकैको जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृत्यु भएको सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया