सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतले यस आर्थिक बर्षमा समाजिक विकासलाई प्राथमिकतामा राखेको छ ।
अहिलेको अवस्थामा सामाजिक विकास अपरिहार्य भएको भन्दै शिक्षा, कृषी लगाएतलाई प्राथमिकतामा राखी काम गरिरहेका नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७६-०७७ मा कुल ४१ करोड ४१ लाख १८ हजार रुपैँयाको बजेट सार्वजनिक गरेको लेकवेशी नगरपालिकाले सैक्षीक अभियानको वर्षको रुपमा काम गर्ने जनाएको छ ।
शिक्षा स्वास्थ्य र कृषीमा परिणम आउने गरि काम गर्न नगरपालिका लागरिहेको लेकवेशी नगरपालिकाकी उपप्रमुख शान्ती कुमारी छन्तेलले बताउनुभयो ।
विगतका विगतका वर्षहरुमा लेकवेशी नगरपालिकाले पुर्वाधार विकासलाई प्रथमिकतामा राखेता पनी यो वर्ष सामाजिक विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
लेकवेशी नगरपालिकामा शिक्षाको स्तर वृद्धी गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम बनाईएको समेत नगर प्रमुख सुनारले बताउनुभयो ।



दर्शन खबर । ४ आश्विन २०७६, शनिबार