शुभलक्ष्मी अस्पताल सञ्चालनको तयारी


सुर्खेत ।
सुर्खेतमा अत्याधुनिक उपचार सेवा दिने उदेश्यले शुुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल प्रा लि संचालनको अन्तिम तयारी गरिएको छ ।
कम्पनी रजिस्टारको कार्यालयमा २०७३ चैत ३१ गते दर्ता भएको यो अस्पतालको आगामी असोज १२ गते घटस्थापनाको दिनपारी उद्धाटन गर्ने लक्ष्य सहित अन्तिम तयारी भइरहेको छ ।
सुर्खेत जिल्लाका डाक्टर दिपेन्द्र काफ्लेको निजी लगानीमा बीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ को आवास क्षेत्रमा निर्माणाधीन उक्त अस्पतालमा दुईवटा एम्बुलेन्स रहने छन । एउटा एम्बुलेन्स साधारण प्रकृतिको हुनेछ भने अर्काे एम्बुलेन्स अत्याधुनिक उपचार सुबिधा जडित हुनेछ ।
हस्पिटलबारे जानकारी दिदै सन्चालक समेत रहेका डाक्टर दिपेन्द्र काफ्लेले शुभलक्ष्मी हस्पिटलले कर्णाली प्रदेशमै पहिलो पटक प्रि हस्पिटल केयर–बिरामीलाई चिकित्सक सहित घरमै गएर एम्बुलेन्समा राखी हस्पिटलसम्म ल्याउने) सुबिधा दिईने बताए ।
उनले अस्पतालमा चौबिसै घण्टा एमबिबिएस डाक्टर सहितको इमरजेन्सी सुबिधा दिईने जानकारी दिए ।

अस्पतालमा क्लोनसकोपी, इन्डसकोपी, थाइराइड र क्यान्सरको ल्याब सेवा समेत सन्चालन गरिनेछ । साधारण एम्बुलेन्स सेवा तीन महिनासम्म निशुल्क दिईने जानकारी दिदै डा. काफ्लेले बाझोपन सम्बन्धी बिशेषज्ञ सहिको सेवा दिन लागिएको बताए ।
हाल यी सेवाहरुको लागि काठमाण्डौ जानुपर्ने बाध्यता रहेकोमा अस्पताल सन्चालन पछि यो बाध्यता हटने सन्चालक डा.काफ्लेको दाबी छ । अस्पतालमा इमरजेन्सी वाडमा ४, आइसियुमा ८, एनआईसियुममा ४, जनरलमेलमा ४, जनरलफिमेलमा ४ र बालबालिकाका ४ बेडहरु रहने छन ।
सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसंगै स्वास्थ्य सुबिधा दिने प्रतिस्पर्धा बढदो छ ।


तपाईको प्रतिक्रिया