सामाजिक सेवा दिवशमा सुर्खेतमा प्रभात फेरि गरिने

सुर्खेत । ४० औँ सामाजिक सेवा दिवशको अवशरमा सुर्खेतमा प्रभात फेरि गरिने भएको छ । सुर्खेतमा क्रियाशिल नागरिक समाज संस्थाहररुको छाता संगठन गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा सुर्खेतको मुख्य आयोजनामा कार्यक्रम गरिने भएको हो । शनिवार सुर्खेतमा क्रियाशिल नागरिक समाज संस्थाहरुको बैठक बसी कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
असोज ६ गते पर्ने सामाजिक सेवा दिवशका अवशरमा विहान मंगलगढी चौकबाट ¥याली सहित प्रभातफेरी सुरुगरि पिपलचौतारामा पुगी कोण सभामा परिणत हुने गैरसरकारी संस्था महासंघ शाखा सर्खेतका अध्यक्ष घनश्याम केसिले जानकारी दिए । दिवशकै अवशर पारि प्रदेश अस्पताल कालागाउँका विरामिहरुलाई फलफुल वितरण गरिने पनि उनले जानकारी दिए । साथै समाज कल्याण परिषदका शसिधर शर्माले महासंघ संग गोलबद्ध भई सब्य र भब्य रुपले कार्यक्रम सफल पार्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया