मतपत्र समयमै पुग्ने कर्णालीमा पाठ्यपुस्तक कहिल्यै पुग्दैनन्

जुम्ला । तातोपानी गाउँपालिका–२ की अनिता परियार आगामी १७ चैतमा एसईई परीक्षा दिँदैछिन् । परीक्षा आउन एक महिनामात्र बाँकी रहँदा उनको हातमा सबै पाठ्यपुस्तक छैन । गत मंसिरमा अनिताले पाठ्यपुस्तक बिनाकै पढाइले वार्षिक परीक्षा दिएकी थिइन् । उनको आधारभूतदेखि निमावि तहको अध्ययनको नौ वर्षमा पाठ्यपुस्तककै अभाव झेल्दै आएकी थिइन् । त्यस्तै, पातारासीकी यसोदा बुढाले पनि गत मंसिरमा उपलब्ध किताबको पूरा पाठ्यपुस्तक नपढेर तथा अधिकांश पाठ्यपुस्तक नै नपाएर जिल्लास्तरीय परीक्षा दिइन् । हचुवाका भरमा दिएको परीक्षाले अपेक्षित नतिजा आएन । समयमै पुस्तक नआउँदा सोचेजस्तो नतिजा नआएको र त्यसको प्रभाव उच्च शिक्षामा परेको उनको गुनासो छ । अनिता र यसोदा उदाहरणमात्र हुन् । जुम्लाका हजारौं विद्यार्थी वर्षेनी पाठ्यपुस्तक र कोर्ष पूरा नभई परीक्षामा सामेल हुन बाध्य छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया