‘मिसन ग्रासरुट’को अभियान कार्यकर्तालाई नेतृत्वसँग जोड्ने हो : अध्यक्ष शाह

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान ‘मिसन ग्रासरुट’ले गर्ने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटि दैलेखको बैठकमा बोल्दै अध्यक्ष शाहले एमाले कार्यकर्तामा क्षमता अभिवृद्धिको विकास ‘मिसन ग्रासरुट’ले गर्ने बताएका हुन्। प्रदेश अध्यक्ष शाहले नेकपा एमालेको थालेको दुई महिने अभियान ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढिकरण तथा विस्तारं) अभियानलाई सफल पार्नका लागि सबैले नेता–कार्यकर्ताले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले भने, ‘ ‘मिसन ग्रासरुट’ केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने, समग्रतामा सिंगो पार्टीलाई आम जनतासँग जोड्ने र भविष्यमा नेकपा एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नेगरी पार्टीको सदस्यतालाई व्यवस्थित गर्ने अभियान हो।’

साथै अध्यक्ष शाहले यस अभियानबाट पार्टी सदस्यको वास्तविक अभिलेख प्राप्त हुने, पार्टी सदस्यहरुको विशिष्टकृत क्षमताको पहिचान हुने, नयाँ पुस्तालाई पार्टीमा जोड्ने काम हुने र नेतृत्व विकासको सम्भावना बोकेका युवा नेतृत्वको पहिचान हुने बताए। यस्तै, उनले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पार्टी भित्रै भएका घात अन्तरघार्तकोहरु पनि पत्ता लगाउने अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै अध्यक्ष शाहले यस अभियानका लागि पार्टीले खटाएको क्षेत्रमा खटिनका लागि प्रतिनिधिहरुलाई समेत आग्रह गरे।

तपाईको प्रतिक्रिया