मजदुरिका लागी भारत गएका एक नेपालिकाे डेंगुकोे कारण मृत्यु


इन्द्र बुढाथोकी
सल्यान ।
डेंगुको कारण भारतमा एक नेपालीको मृत्यु भएको छ । भारतको राजकोटमा मजदुरी गर्न गएका एक नेपालीको डेंगुको कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७ सिम्तिगैरा निवासी २१ वर्षिय नोखिराम नेपाली रहका छन ।
डेंगु रोगका कारण २ हप्ता देखि उपचारार्थ नेपालीको शुक्रबार राती मृत्यु भएको राजकोट अस्पतालले जनाएको छ ।
नेपालीको आफन्त खुमबहादुर सार्कीका अनुसार ५ महिना अघि मजदुरीकोलागि नेपाली भारतको राजकोट स्थित एक होटलमा मजदुरी गर्न पुगेको थिए ।
आफ्ना आमा बुवा देखि छुट्टीएर नोखिराम २ वर्षीया छोरी र श्रीमतिलाइ पाल्न पोषण गर्नेको लागि मजदुरीको लागि ५ महिना अघि भारत पुगेका थिए ।
नेपालीको लासलाइ रकमको जोह गरि नेपाल ल्याउने तयारी भैरहेको नेपालीका आफन्त लोकराज नेपालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया