जुम्ला । जुम्लामा मिनि ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । सुर्खेतबाट जुम्लाको सदरमुकामतर्फ जाँदै कर्णाली प्रदेश ०२००१ ख ६२७ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका हुुन् । घाईते हुनेमा ट्रकका साहु सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ का ४३ वर्षीय राम बहादुर चन्द र चालक सोही ठाउँका ३१ वर्षीय मीन बहादुर सुनार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार