दैलेख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेको कारण कुनै हालतमा पनि गठबन्धन नटुट्ने बताएका छन् । आज (मंगलबार) प्रेस चौतारीले दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले एमालेले अहिलेको गठबन्धन जोगाउन चाहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर बनेको बताए । सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने उनको भनाइ छ । उनले सत्ता गठबन्धन टुटाउन एमालेले पहल नगरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल अस्थिर रहेकाले भरोसा नभएको बताएका छन् ।
‘एमालेको कारण कुनै हालतमा यो गठबन्धन टुट्दैन् । तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ । अस्थिर राजनितीले हामी कसैलाई फाईदा हुँदैन,’ उनले भने । साथै, सत्ता गठबन्धनकै साझा उम्मेदवार राष्ट्रपति बन्ने उनको दाबी छ । नेपाली कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्ने कुरा नैतिकताले पनि नदिने उनको भनाइ छ ।


दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार