जुम्ला। जुम्लाका सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गरीएको छ । बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियान शुरु गरिएको हो । जुम्लामा मंसिरमा वार्षिक परीक्षा सकेर फागुनको पहिलो सातासम्म विद्यालयमा हिउँदे बिदा हुन्छ । बिदा सकिएलगत्तै अभियान सुरु गरिएको हो ।तातोपानी गाउँपालिका ५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका प्रधानाध्यापक प्रेमबहादुर शाहीले भर्ना अभियानलाई सार्थक र सफल बनाउनको लागि अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको भूमिका हुने बताए । दुर्गा माविका शिक्षक जयशंकर धितालले अभियानले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिरहेको बताए । यो वर्ष सबैलाई विद्यालयसम्म र्पु याउन प्रयास गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीचन्द्र आचार्यले बताए । उनका अनुसार कक्षा दुर्गा माविमा १ देखी १२ कक्षा सम्म पठाइ भइरहेको छ । विद्यालयमा यो वर्षदेखि कक्षा १ देखी ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ।


दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार