टर्की । सात दशमलब आठ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर राति आठ बजेर ४४ मिनेटमा छ दशमलब तीन म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी ६ सय ८० भन्दा बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पनि महसुस गरिएको छ । भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।
भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् । सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा छन् । भुकम्पपछि सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ । यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन् ।



दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार