संविधान दिवसकै दिन नगरपालिकाको कार्यालयमा बम बिष्फोट


सुर्खेत ।
संविधान दिवसकै दिन जिल्लाको कमलबजार नगरपालिकाको कार्यालयमा बम बिष्फोट भएको छ ।
विप्लव समूहको कार्यकर्ताहरुले बिहीबार राती १ बजे नगरपालिको कार्यालयमा प्रेसर कुकुर बम बिष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार बिष्फोटबाट ठुलो क्षती भने भएको छैन ।
रातो र कालो तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिष्फोट गराईएको शाहीले जानकारी दिए ।
बिष्फोट गराउने समूहको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फोट गराएको र ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताए ।
बम कसले बिष्फोट गरायको हो भन्ने कुनै सङ्केत नछोडेको र जिम्मेवारी पनि अहिलेसम्म कसैले नलिएको बताएको छ ।

बिस्फोट बारे छानबिनका लागि सम्बन्धित निकायको समन्वयमा प्रक्रिया अघि बढाईने बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया