सुर्खेत कारागारका १२ कैदीबन्दीलाई आममाफी

सुर्खेत । सुर्खेत कारागारमा कैदीबन्दी जीवन बिताइरहेका १२ जनाले आम माफी पाएका छन् । आईतवार प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती कैदीबन्दीलाई आममाफी दिईएकी हुन् । आममाफी पाउने १२ जना पुरुष रहेको सुर्खेत कारागार प्रशासनले जानएको छ । उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु रहेको कारागारका सूचना अधकिारी भुवन गौतमले जानकारी दिए । सुर्खेत कारागारमा अहिले ६ आश्रित बालबालिका, ४३ महिला र ३४१ पुरुषसहित कुल ४९० जना रहेका छन् ।

तपाईको प्रतिक्रिया