एसइईका लागि हुम्लामा छ वटा परीक्षा केन्द्र

हुम्ला । आगामी चैत १७ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०का लागि हुम्लामा छ वटा परीक्षा केन्द्र तोकिएका छन् । जिल्ला परीक्षा समन्वय समितिको बैठकले साबिकै परीक्षा केन्द्रलाई तोकिएको हो । शिक्षाविकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईका अनुसार परीक्षा केन्द्र र परीक्षार्थीहरुको संख्यामा सिमकोट गाउँपालिकाका बाल मन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परीक्षार्थीहरुको सहभागिता रहने छ । यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोडिकोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव माविपाँदामा २४० जना परीक्षार्थीहरुको सहभागिता रहने परीक्षा समन्वय समितिले जनाएको छ ।

कुल परीक्षार्थीहरुमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिक धारतर्फ ८० र ग्रेडवृद्धितर्फ छ जना परीक्षार्थी रहेका छन् । जसमध्ये एक हजार २२८ जनानियमित र छ जना साधारणतर्फको ग्रेड वृद्धिका परीक्षार्थी छन् । परीक्षार्थीहरुमध्ये ६६० जना छात्रहरु र ५७४ जना छात्राहरुको परीक्षामा सहभागिता रहने छ । यसपटक एसइईमा सहभागी हुने विद्यार्थीहरुको संख्या १ हजार २३४ जना रहने छ ।


तपाईको प्रतिक्रिया