
सुर्खेत । ‘कर्णाली उत्सव ‘कुडा कर्नाली’को चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको उत्सव आइतबारसम्म चल्ने छ । कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा उत्सव रहने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने उत्सवमा मुल ‘कर्णाली चिन्तन’, ‘कर्णाली खेल्दो छ’, ‘यो शहर, त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’, ‘दलित र दलिल’, ‘भोक र भोजन’, ‘रेडियोको रस’, ‘सङ्घीयताको पाँच वर्षः कति विस्मात, कति वर्ष ?’, ‘कर्णाली नदी प्रणाली’, ‘कर्णालीमा लगानी’, ‘रूपान्तरण र पुस्तान्तरण’, ‘सग्लो समाजः सङ्लो राजनीति’, ‘समावेशी शासन,’ ‘डिजिटल डेमोक्रेसी’, ‘कर्णालीदेखि काठमाडौँसम्म’ गरी १६ वटासत्रहरू सञ्चालन हुनेछन् । त्यस्तै पैकेलोका कथाहरू, लोकबाजाका प्रस्तुतिहरूसँगै विभिन्न विषयमा छलफल हुनेछन् । उत्सवको उद्घाटन कार्यक्रमममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी भएको उल्लेख गर्दै कर्णालीमा रहेको गरिबीलई हटाउनका लागी यहाँका प्रकृतिक स्रोतहरुलई प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शर्माले समाजवाद कुन चरीको नाम हो भन्दै प्रश्न गर्नु भएको छ । समाजवादको चरीलाई समातेर अघि बढ्नुपर्ने अहिलेको आवाश्यक रहेको बताउँदै ‘समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार आवाश्यक भएको बताए । यस्तै योजना आयोगका सचिव केलि भण्डारीले यस भन्दा पहिला भएको कर्णाली उत्सवहरुको संस्करणमा कर्णालीका मुद्धाहरुलाई उठान गरी अभिलेख तयार गरी विभिन्न तहका सरकारलाई हस्तान्त्रण गरेको बताउँदै भण्डारीले कर्णाली उत्सव विचार र बहसको उत्सव भएको बताए । वीरन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले यस उत्सव कुडा कर्णालीमा उठेका बहसहरुले कर्णलीका स्थानिय तहका सरकारलाई मार्गनिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरे ।


दर्शन खबर । ५ फाल्गुन २०७९, शुक्रबार