अनेरास्ववियुको केन्द्रीय सदस्यमा हुम्लाबाट तीन जना निर्वाचित

हुम्ला । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा हुम्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महाधिवेशनमा भएको निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा कर्णालीबाट आदिवासी जनजातितर्फ छक्क लामा, कर्णाली प्रदेशका लागि जयराज सन्ज्याल र हिक्मतजंग खड्का रहेका छन् । निर्वाचनमा खड्काले ४ सय २४ मत, लामाले एक हजार ८७ मत र सन्ज्यालले ८२ मत प्राप्त गरेकाथिए । सन्ज्याल अनेरास्ववियुु हुम्लाका जिल्ला सदस्यसमेत हुन् । अनेरास्ववियुको केन्द्रीय सदस्यमा हुम्लाबाट तीन जना निर्वाचित भएको यो पहिलो पटक हो ।


तपाईको प्रतिक्रिया