जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पातारासी गाउँपालिका–६ वडीखोलीमा गएराति ७ बजेको समयमा खंलगा बजारबाट लाछी बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोराको मृत्यु भएको हो । घाइते हुनेमा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घाइतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शव पोस्टमार्टमका लागि अस्पताल लगिएको र ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया