
हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ अवस्थित लेकमालारानी गुफामा चौथो पटक शिवरात्रीको अबसरमा पारी फागुन ६ गते धार्मिक मेला लाग्ने भएको छ । “ऐतिहासिक गुफा गुर्भाकोट नगरपालिकाको आधार, आर्थिक सामाजिक पर्यटनको पुर्वाधार” भन्ने मुल नाराका साथ चौथो लेकमालारानी ऐतिहासिक धार्मिक मेला गुफा मुल समिती र गुर्भाकोट नगरपालिकाको आयोजनामा मेला लाग्ने भएको हो । बिगत ४ बर्ष पहिले उक्त गुफा भेटिए सङ्गै गुफालाई पर्यटन विकास र प्रवद्र्धन बिस्तार गर्नका लागि गुफालाई नगर सरकारको मातहतमा रहे सङ्गै नगर प्रमुख हस्त पुन तथा उप प्रमुख मैना बिकले मेला उद्घाटन गर्दै आएका थिए ।सोही गुफा स्थानीय निवासी अमृत डाङ्गीले बाख्रा चराउने क्रममा बाख्रा हराए पछि खोजी कार्य गर्दा गुफा भित्रबाट बाख्राको आवाज आएको हुँदा बाख्रा लाई उद्दार गर्ने क्रममा गुफा भेटेको स्चानियवासीले बताउँछन् । गुफा भित्र शिव लिङ्ग हात्तीका मुर्ति लगायत विभिन्न भगवानका अलौकिक अवशेष रहेका छन् । गुफा उत्तर र पश्चिम गरि लगभग २ किलोमिटरको रहेको छ ।
गुफा भेटिए सङ्गै यस स्थानमा सोलार मार्फत बत्ति, हिडडुल गर्नका लागि सिढी, आश्रम, शौचालय शिवजीको मन्दिर लगायत सडक बिस्तारका लागि नगरपालिकाले करोडौ रुपैयाँ लगानी गरेको छ । गुफा पत्ता लागेको साल धेरै दर्शकले अवलोकन गरेको स्थानीयहरुले बताएका छन् । हरेक वर्ष शिबवरात्रीको अबसर पारी लाग्ने गरेको मेला यस बर्ष पनि विभिन्न स्थानबाट श्रद्दालु भक्तजनहरु शिव भगवानको प्राथना गरि आशिर्वाद ग्रहण साथै गुफाको अबलोकन गर्ने विश्वास गरीएको छ । यस गुफामा भक्तजनहरु दर्शन तथा अवलोकन गर्न सुर्खेत, सल्यान, बाके, बर्दिया, दैलेख, जाजरकोट र रुकुम लगायत अन्य जिल्ला बाट आउने गरेको पाइन्छ । यस बर्ष मेला ५ गते साँझ देखि धार्मिक साङ्गितिक भाजन कृतन सहित भोलि पल्ट साँझ सम्म लाग्ने मेला मुल समितीले जानकारी दिएको छ । यस वर्ष गुफा दर्शन तथा अवलोकनका लागि २० हजार जना उपस्थित हुने मेला उपसमितिले अनुमान गरेको छ ।


दर्शन खबर । ४ फाल्गुन २०७९, बिहीबार