सुर्खेत । वीरेन्द्रनगरमा बेवारीसे अवस्थामा एक जनाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित भेरी नदिको किनारामा मंगलवार दिउँसो साढे १२ बजेको समयमा नाम थर नखुलेको अन्दाजी ३५/ ३६ वर्षीय एक जना पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । फेला परेको शव बगेर आएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शव हाल पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।


दर्शन खबर । २ फाल्गुन २०७९, मंगलवार