कर्णालीकै सर्वाधिक राशीको दोस्रो चुली कप हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा कर्णालीकै सर्वाधिक पुरस्कार राशीको दोस्रो चुली कप हुने भएको छ । दोस्रो चुली युवा क्लव सुर्खेतको आयोजनामा यही फागुन १५ गतेदेखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा पुरुष भलिवल र महिला भलिबल खेल रहेका छन् । जसअन्तरगत पुरुष भलिवल प्रतियोगिता तर्फ विजेता टोलीले उपाधिसहित २ लाख २० हजार रुपैयाँ प्राप्त गर्ने चुली युवा क्लवका अध्यक्ष मातिराम रम्तेलले जानकारी दिए । प्रतियोगिताको दोस्रो हुने टोलीले १ लाख ५० हजार, ७५ हजार र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै महिला तर्फ विजेताले उपाधी सहित एक लाख ५० हजार दोस्रो हुने टोलीले ८० हजार तेस्रो हुने टोलीले ५० हजार र सान्तवना हुने टोलीले ३० हजार रुपैया पाउने छन् । प्रतियोगिताका सर्वात्कृष्ट २ जना खेलाडीले १०/ १० हजार र प्रतियोगिता उत्कृष्ट स्पाइकरले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचरले समान १०/१० हजार रुपैयाँ पाउनेछन् । पुरुष भलिवलमा प्रतियोगितामा भाग लिन चाहाने टोलीले १० हजार रुपैयाँ र महिला तर्फ भाग लिन चाहाने टोलीले सात हजार शुल्क बुझाउनु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला तर्फ करीब ८ देखि १० टीम र पुरुष तर्फ १२ देखि १५ टीम सहभागि हुने अनुमान आयोजकले गरेको छ । दोस्रो चुली कप सञ्चालन गर्न २२ देखि २५ लाख रकम खर्च लाग्ने अनुमान गरीएको छ । चुली युवा क्लवकाे प्रथम चुली कप २०७७ चैत ११ गतेदेखि १४ गते सम्म भएको थियो । जसमा प्रथम चुली कप प्रतियोगिताको उपाधि आयोजक चूली युवा क्लबले नै हात पारेको थियो । फाईनलमा प्रवेश गरेको रुकुमपश्चिमलाई ३० को सोझो सेटमा हराउदै आयोजक टीम उपाधि चुम्न सफल भएको हो । प्रथम उपाधि हात पारेको चूली युवा क्लबले पुरस्कार स्वरुप रु दुई लाख नगद ट्रफी र प्रमाण पत्र प्राप्त गरेको थियो । प्रथम उपाधिको दाबेदार मानिएको रुकुमपश्चिमले दोस्रो स्थानमै चित्त बुझाएको थियो । द्धितिय स्थान हात पारेको रुकुमपश्चिमले नगद रु एक लाख पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र, तेस्रो स्थान हात पार्ने हाम्रो कम्प्युटर सुर्खेत रुं एक लाख र चौथो बनगाड कुपिण्डे युवा क्लवलाई रु पचास हजार नगदसहित ट्रफी मेडल र प्रमान पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया