एकीकृत अखिलले बुझायो बनगाडलाई १६ बुँदे ज्ञापन पत्र

दुर्गा विसि सल्यान । बनगाड कुपिण्डे नगरपालिकाको शिक्षा क्षेत्रमा नितिगत सुधारको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनले १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । बनगाड कुपिण्डे नगरपालिका भित्रका विभिन्न समस्याहरुलाई समाधान गर्न माग राख्दै संगठनले मंगलवार बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णवहादुर वुढाथोकीलाई उक्त ज्ञापन पत्र बुझाएको हो । संगठनले शिक्षकहरु माथि हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने, यस नगरपालिकामा वर्षाै प्रधानाध्यापकहरुको बैठक बस्न नसकेको, त्रैमासिक बैठक वसालल्ुपर्ने, शुन्य दरबन्दी भएका विद्यालयहरुमा यथासक्य कार्यविधि बनाई शिक्षक व्यवस्थापन गर्नुपर्ने, वालविकास नभएका १० विद्यालयमा जतिसक्दो चाडैं वालविकास सहजकर्ता भर्ना गर्नुपर्ने, विद्यालयको मर्जको कार्यतत्काल अघि बढाउनुपर्ने केही विद्यालयहरुमा न्यून विद्यार्थी त कुनै विद्यालयमा शिक्षक अपुगले समस्या सृजना भएको प्रती नगरपालिका यस तर्फ गम्भीर बन्नुपर्ने माग राखेको छ ।

यस्तै नगर भित्रका  विद्यालयहरुमा धेरै लामो समय देखि शिक्षक पदपूर्ति नहुँदा पठनपाठनमा समस्या थपेकोले जतिसक्दो चाँडै शिक्षक छनौट प्रक्रिया अघि वढाउनुपर्ने, शिक्षा सिमितिलाई पुर्णता दिन माग, स्थानीय सरकार पश्चात स्थानीय पाठ्यक्रम नहुँदा यस नगरका हजारौं विद्यार्थी उक्त विषय पढ्न नपाई समस्या थपिएको र आउँदो शैक्षिकसत्र देखि तत्काल स्थानीय पाठ्यक्रम लागु गर्न माग, विद्यालयमा हुने विदामा समेत एकरुपता गराउन माग गरिएको छ । १६ बुदे ज्ञापन पत्र वुझाउदै यस ध्यानाकर्षण पत्रका संयोजक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका गुमान सिं विष्टले यसले नगर सरकारलाई काम गर्न मार्ग निर्देशन हुने विश्वास लिएको बताए । सबै कुरा शिक्षाको सुधारका लागि भएको र यस तर्फ नगर सरकार गम्भीर बन्न समेत आग्रह गरिएको छ । संगठनको नगर स्तरीय बैंकक निर्णय गर्दै नगर प्रमुख वुढाथोकीलाई उक्त माग पत्र पेश गरीएको छ ।


तपाईको प्रतिक्रिया