हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ दह निवासी नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैसीमा रेबिज संक्रमण देखा परेको छ । सोमवार देखि भैंसीमा रेबिज रोगको लक्षण देखा पर्न थालेको गैरेले जानकारी दिए । भैसीमा रेविजको लक्षण देखिएपछि भेटेनरी प्राविधिक टोप नारायण गैरेले चेकजाँच तथा अनुसन्धान गर्दा रेबिज रोग लागेको पुष्टि गरेका छन् । भैसीको शरीरमा कुनै पनि टोकाई देखा नपरेको हुँदा बाहिर राखेको पानी तथा दाना बाट रेबिज सरेको स्थानीयहरुले अनुमान गरेका छन् । केही महिना अघि गुर्भाकोट नगरपालिकाल घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप सञ्चालन गरेता पनि छाडा कुकुरलाई रेबिज खोप लगाउने कार्य नभएको हुँदा छाडा कुकुर देखि साबधान रहन वडा कार्यलय ले अनुरोध गरेको छ ।


दर्शन खबर । २ फाल्गुन २०७९, मंगलवार