
सुर्खेत । २८ औँ जनयुद्ध दिवशको अवशरमा सुर्खेतमा पनी विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनी विभिन्न कार्यक्रम संचालन गरेको छ । नेकपाले लेकवेशी नगरपालिका वडा नम्वर ६ कल्याणमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवश मनाएको छ । नेकपा लेकवेशी नगरकमिटिले ¥याली सहित कोण सभा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेकपा सुर्खेत जिल्ला सचिव जित सिले सम्बोधन गरेका थिए । नेकपा लेकवेशीका ईन्चार्ज रमेश सिको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सहिद परिवारहरुलाई अभिनन्दन गरिएको थियो । यस्तै नेकपाको जिल्ला पार्टी कार्यालय सुर्खेतमा पनी सुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । जिल्ला पार्टी कार्यलयमा शुभकामना कार्यक्रम संगै वीरेन्द्रनगरको मंगलगढी चौकमा दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा जिल्ला कमिटी सचिव कमल सि को अध्यक्षतामा नेकपा केन्द्रीय सदस्य धु्रव सिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा योद्रा सि लगाएतले मन्तव्य राखेका थिए भने कार्यक्रम को संचालन राजकुमार सिले गरेका थिए ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी को भातृसंगठन अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय कमिटी र सुर्खेत बहुमुखी क्याम्पस कमिटी सुर्खेत ले २८ औँ जनयुद्ध दिवसको अवसरमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका शिक्षा , माविकि व्यवस्थापन तथा विज्ञान संकाय परिसरमा र सुर्खेत बहुमुखी शिक्षा क्याम्समा सरसफाई कार्यक्रम गरको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धु्रव सि, जिल्ला कमिटी सचिव जित सि, जिल्ला कमिटी सदस्य राजकुमार सि अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय कमिटी अध्यक्ष कमल सि अखिल (क्रान्तिकारी) सुर्खेत संयोजक उपेन्द्र सि शिक्षा बहुमुखी क्याम्पस कमिटी संयोजक बसन्त सि लगायत विद्यार्थीहरुकोे उपस्थिति रहेको थियोे ।



दर्शन खबर । १ फाल्गुन २०७९, सोमबार