सुर्खेत । बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु भएको छ । आइतवार दिउँसो अन्दाजी २ः३० बजको समयमा बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६५ वर्षकी महिलालाई दिएको थियो । ठक्कर दिए लगत्तै उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको उपचारका क्रममा दिउँसो पौने तीन बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाको कारण भने खुलेको छैन् । बसलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । २९ माघ २०७९, आईतवार