सुर्खेत । भेरीगंगामा ८ दिने उद्यमशिलता तालिम सम्पन्न भएको छ । “औद्योगिक लगानी र पुर्वाधार: समृद्धिको बलियो आधार” भन्ने नाराका साथ उद्योग विकास तथा सहकारी शाखा भेरीगंगा नगरपालिकाको आयोजनामा यही माघ २२ गतेदेखि वडा नम्बर १ मा सुरु भएको व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम आईतवार सम्पन्न भएको हो । ८ दिने तालिममा कसरी उद्यमी बन्न सकिन्छ र किन उद्यमी बन्ने लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामीले महिलाहअरुले सक्षमता देखाउँदै आम्दानी गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष पुलामीले महिला दिदिबहिनीहरुले ८ दिने तालिमबाट उपयुक्त कुराहरु सिकेको भन्दै अब समाजमा अग्रसर भएर अघि वढ्न आग्रह गरे । घरमा एक जना मात्र उद्यमी बन्नु भन्दा पनि घरका सबै परीवार उद्यमी बनि खुसी ल्याउन वातावरण तयार पार्न उनले सुझाव दिए । तालिममा सहभागि भई तालिम लिनु मात्र ठुलो कुरा नभएर यसको निरन्तरता र प्रतिवद्धता पनि आवश्यक रहेको बताए । उक्त तालिममा ३० जना सहभागि भएका थिए भने तालिमको प्रशिक्षकमा उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की रहेका थिए । कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।


दर्शन खबर । २९ माघ २०७९, आईतवार