
सुर्खेत । चिङ्गाड गाउँपालिकाको मटेलामा शैक्षिक ज्ञान विज्ञान धार्मिक महोत्सव सुरु भएको छ । चिङ्गाड काँडाघुवानी शैक्षिक ज्ञान विज्ञान धार्मीक महोत्सव मुल समारोह समितीको आयोजनामा शनिवार देखी सुरु भएको महोत्सव फागुन ६ गते सम्म संचालन हुने छ । मटेलाको ठाँटी बजारमा सुरु भएको महोत्सवको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसिले गरेका हुन् । उद्घाटरन समारोहमा बोल्दै मन्त्री कृष्ण बहादुर जिसिले शैक्षिक गुणस्तर संगै पुर्वाधार निर्माणका लागी कर्णाली सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री जिसिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको आफ्नो शैक्षिक क्षेत्रमा उद्गम विद्यालय भएको भन्दै विद्यालयको शैक्षिक देखी पुर्वाधार निर्माणको काममा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । चिङ्गाडका विद्यालय सुधारको लागि चिङ्गाडका राजनितिक दल, समाजसेवी तथा स्थानिय पालिका कोही कसैको आग्रह पुर्वाग्रह नभएको मन्त्री जिसिले बताए । सरोकारवाला सवैले विद्यालय प्रति चासो चिन्ता व्यक्त गरेको मन्त्री जिसिले दावी गरे । विद्यालयको लागि धार्मिक महोत्सवमा मन्त्री जिसिले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने समेत घोषणा गरेका छन् । चिङ्गाडको नेरामावी काँडाघुवानी विद्यालय मात्र नभई कर्णालीका सबै विद्यालयहरुको शैक्षिक एवं पुर्वाधार विकासका लागी सक्दो सहयोग गर्ने मन्त्री जिसिले बताए । यस्तै कार्यक्रममा बोल्दै चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोध विक्रम जिसिले विद्यालयको सुधारका लागी वडापालिका, गाउँपालिका तथा कर्णाली प्रदेश सरकार एक आपसमा समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
चिङ्गाडका विद्यालयहरुको सुधारका लागी विद्यार्थीका अभिभावहरुको पनी महत्वपुर्ण भुमिका हुने बताउँदै गाउँपालिका अध्यक्ष जिसिले आफ्ना विद्यार्र्थीको विषयमा अभिभावकहरुले पनि चासो राख्न आवश्यक रहेको उल्लेख गरे । यस धार्मिक महोत्सवले चिङ्गाडका नागरिकहरुलाई धार्मिक आस्थालाई उजागर गरी धर्म तथा संस्कृतीको बारेमा जानकारी संगै धार्मिक ज्ञान प्राप्त गर्न सहयोग गर्ने बताए । धर्मको ज्ञान प्रधान गर्न र धार्मिक संस्कारलाई बचाई राख्नका लागी धार्मिक महोत्सवको आयोजना गरिएको चिङ्गाड गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष विर बहादुर जिसिले बताए । चिङ्गाडको शैक्षिक गुणस्तरसँगै अतिरिक्त ज्ञान प्राप्त गर्न महोत्सवले सहयोग गर्ने बताउँदै वडा अध्यक्ष जिसिले महोत्सव अवधिभर ज्ञान प्राप्त गर्न सबैलाई आग्रह गरे । काँडाघुवानी शैक्षिक ज्ञान महोत्शवमा अन्तराष्ट्रिय भागवत भुषण बाचन शिरोमणी आचार्य र नारायण शरणले कथा बाचन गर्नु हुनेछ । श्री नेरा मावी काडाँघुवानीको स्तरोन्नतीका लागी धार्मिक महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
तस्बिरहरु



दर्शन खबर । २९ माघ २०७९, आईतवार