भोलि कर्णालीमा सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेशमा भोलि सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी जितेन्द्रले जानकारी दिए । अघिल्लो कार्यकालका सरकारले जनयुद्ध दिवसमा बिदा दिएको थिएन् । हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । माओवादीको नेतृत्वमा सरकार बनेको बेला पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको हो । गत २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो ।

सुचना हेर्नुहोस्।


तपाईको प्रतिक्रिया