सिम्ता उज्यालो कार्यक्रम सफल बन्दै, ९६ घरले पाए सोलार


सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकाले अघि सारेको सिम्ता उज्यालो कार्यक्रम अन्तरगत ९६ घरपरिवारलाई सोलार वितरण गरिएको छ ।
दलित तथा अति विपन्न परिवारलाई उज्यालो दिन सोलार वितरण गरिएको सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख कविन्द्र कुमार केसीले बताए । उनका अनुसार गाउँपालिकाका वडा नं. ६ राकममा १६ घरपरिवारलाई र अन्य वडामा १० घर परिवारका दरले ९ वटा वडामा ९६ घरपरिवारलाई सोलार वितरण गरिएको छ ।
राकममा भएको सोलार वितरण कार्यक्रममा सिम्ता गाउँपालिका उपप्रमुख चन्द्रकला शाही, प्रमुख प्रशासकीय अधिकृत जनक हमाल, वडाध्यक्ष राजेन्द्रसिंह ठकुरी, गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सोलार प्राप्त गरेपछि स्थानीयले हर्षित हुँदै उज्यालोको सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।

अन्य वडाहरुमा वडाध्यक्ष तथा गाउँपालिका कर्मचारीको सहभागितमा सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सिम्ता उज्यालो, सवै वडामा पहुँचमार्ग र जनतासंग सिम्ता गाउँपालिका तीन वटा लक्ष्य लिएको सिम्ता गाउँपालिकाले सबै वडामा विद्युत लाइन विस्तारको काम पनि संगै अगाडि बढाएको  छ ।

तपाईको प्रतिक्रिया