लेकवेशीमा आगलागि हुँदा साढे तीनलाख बराबरको क्षति

सुर्खेत । लेकवेशीमा आगलागि हुँदा साढे तीनलाख बराबरको क्षति भएको छ । लेकवेशी नगरपालिका वडा नम्बर ५ तल्लो खल्टाकुरा बस्ने चन्द्रकला रजालीको फुसले छाएको एक तले कच्ची घरमा आइतवार बिहान अन्दाजी दुईबजेको समयमा आगलागि हुँदा घर, घरभित्र भएका अन्नपात र लत्ता कपडाहरु पुर्णरुपमा जलेर करीब साढे तीन लाख सम्मको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय तथा पशुचौपायको क्षति भने भएको छैन । आफुहरु सुतिरहेको अवस्थामा अचानक आगलागि भएको घरपरीवारले बताएका छन् । आगो अन्दाजी ३ः३० बजेको समयमा नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिईन् ।


तपाईको प्रतिक्रिया