बनगाड कुपिण्डेको शिक्षक संघको अध्यक्षमा विष्ट सर्वसहमत चयन

दुर्गा विसी सल्यान । बनगाड कुपिण्डे नगरपालिका स्तरीय नेपाल शिक्षक संघको अध्यक्षमा ओपेन्द्र विष्टलाई चयन गरेको छ । सल्लिवजारमा भएको कार्यक्रममा शनिवार विष्टलाइ सर्वसहमत चयन गरिएको हो । नेपाल शिक्षक संघका निवर्तमान नगर अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला अर्थ सहसचिब रिता कुमारी वलि, विशिष्ट अतिथिका रुपमा पार्टी जिल्ला सचिव एकराज वुढाथोकी, नगर सभापति पुरुषोत्तम आचार्य, वडा अध्यक्ष थुम बहादुर बिसि, दिपेन्द्र बिष्ट, दुर्गा खड्का लगाएतका महानुभावले शुभकामना मन्तव्य राखेका थिए । नगर कार्यसमितिको पहिलो बैठकले बाँकी पदाधिकारी टुङ्ग्याउने समेत जनाएको छ । दोस्रो नगर अधिवेशनबाट विष्ट सर्वसहमत अध्यक्ष चयन भएको बताएको छ ।


तपाईको प्रतिक्रिया