बिनोद घिमिरे – सुर्खेत । भेरीगंगा नगरपालिकाको १२ औँ हिउँदे अधिवेशन तथा नगरसभा भेरीगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाले विभिन्न वडाहरुबाट आएको रकमान्तर बजेटलाई समेत नगरसभाले संसोधनसहित पास गरेको छ । भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले संसोधित बजेट कार्यपालिकाको बैठकबाट बहुमतले निर्णय गरिएको योजनाहरु नगरसभाबाट पास गर्नका लागि प्रस्तुत गरेको बजेट नगरसभाको बैठकबाट बहुमतले पारित गरेको थियो ।
कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई साविक सरोकारका बिषयमा वडा अध्यक्ष र वडा सदस्यले आ-आफनो धारणा राखेका थिए । भेरीगंगा नगरपालिकाले सामुदायिक विद्यालय शैक्षिक गुणस्तर, खानेपानी तथा सरसफाई जस्ता योजनाहरु नितिगत योजनासमेत ल्याएर कार्यन्वयनमा रहेका नगर प्रमुख ढकालले बताए । भेरीगंगा नगरपालिकाको वडा नम्बर ५ रहेको गिद्धय डाडाँ पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकतासाथै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने प्रस्ताव पास गरिएको छ ।


दर्शन खबर । २९ माघ २०७९, आईतवार