भेरीगंगामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बिनोद घिमिरे – सुर्खेत। नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता भेरीगंगामा शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनारा सहित छनौट प्रतियोगिता २०७९ भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा शुक्रबारदेखी शुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगिता नगर खेलकुद विकास समिती भेरीगंगा नगरपालिका सुर्खेतको आयोजना र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लोदेको सह-आयोजना एक कार्यक्रमका बीच भेरीगंगा नगरपालिकाका नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि यज्ञ प्रसाद ढकालले उद्घाटन समारोहलाई पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् । नगर प्रमखु ढकालले मुलकका लागि खेलडी र खेल क्षेत्र अत्यन्तै महत्पुर्ण भएको बताए । उनले खेलकुद राष्ट्रको गौरव भएको बताए ।

जिवन र खेलकुद एक किसीमको पर्यावाची भएको बताए । उनले नगरपालिकाको शान राख्ने तरिकाले खेल खेल्न सम्पुर्ण खेलडीहरलाई आग्रह गरे । प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा,एथलेटिक्स लगायतका खेलहरु हुने छन । छनौट प्रतियोगितामा भेरीगंगा नगरपालिका भित्रका सम्पुर्ण विद्यालयको सहभागिता रहेको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामीको सभापत्विमा भएको कार्यक्रममा उप प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलले, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकपाल नेपाली, निवर्तमान नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी, सुरक्षाकर्मी तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

 


तपाईको प्रतिक्रिया