चिङ्गाडमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

सुर्खेत । चिङ्गाड गाउँपालिका स्तरीय चौथो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरू भएको छ । वडा नम्बर २ स्थित जनता माध्यामिक विद्यालय रानीवासमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको गाउँपालिका अध्यक्ष बोधबिक्रम जिसीले उद्घाटन गरेका छन् । उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जिसीले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताउदै सबै भन्दा पहिला मानविय विकास महत्वपूर्ण रहेको हुँदा मानविय विकासलाई जोड दिने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष मिना कुमारी रोकायले बालबालिकाको सर्वाङ्गिर्ण विकासका लागि विद्यालय उमेरदेखि नै खेलकुद, संगित जस्ता विधामा पनि उपयुक्त वातावरण बनाउनुपर्ने बताईन् । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका सात वटा माध्यामिक विद्यालयबाट सहभागिता रहेको आयोजक जनता माविका प्रधानध्यापक विनोद कुमार यादवले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू खेलाईनेछ । प्रतियोगिता जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको छ । रनिङ्ग शिल्ड शनिवारसम्म सञ्चालन हुने छ ।


तपाईको प्रतिक्रिया