लेकवेशीमा दुई जनालाई डेंगु, नियत्त्रण अभियान तिब्र


सुर्खेत । लेकवेशी नगरपालिकामा दुई जनालाई डेंगु रोग देखिएको ।
नगरपालिकाको वडा नम्वर ३ र ४ मा गरि अहिले सम्म दुईजनामा डेंगु रोग देखिएको नगर स्वास्थ्य लेकवेशीका संयोजक कर्ण आचार्यले जानकारी दिए । यद्यपी अहिलेनै आत्तनिु पर्ने अवस्था नरहेकाले सबैलाई सजक रहन उनले आग्रह समेत गरेका छन ।
यसैविच डेंगु नियन्त्रणका लागी वडा नम्वर ६ बाट अभियान सुरु गरिएको छ ।


डेंगु रोगबाट बच्न स्वास्थ्य क्षेत्र सामुदायिक तथा निजी विद्यालयहरुमा चेतनामूलक कार्यक्रमका साथै अभियानका रुपमा लैजाने, समुदायको सहयोगमा व्यापक प्रचारप्रसार गरी डेंगुबाट बच्न जनचेतना जगाउने काम गर्नेे लेकवेशी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष भिमसेन पुनले बताए ।
विभिन्न विद्यालयहरमा पुगि डेंगु रोगका बारेमा जानकारी दिदै जनचेतना फैलाउने र घर आँगन सफा राख्न घरदैलो अभियान संचालन लाई तिब्रता दिने वडा नम्वर ७ वडा अध्यक्ष चन्द्र बहादुर सुनारले बताए ।

तपाईको प्रतिक्रिया