पुल निर्माण कार्य रोकिएकोमा स्थानीयको आपत्ती


सुर्खेत ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ र ७ जोड्ने खारखोली खोलामा निर्माणधिन पुल निर्माण कार्य रोकिएकोमा स्थानीयले आपत्ती जनाएका छन ।
स्थानीय चेतानन्द कँडेलको घर नजिकमा रहेको पुल अन्यत्र सार्न लागेको भन्दै स्थानियले विरोध गरेका हुन । उनीहरुले लागत स्टमेट तयार गरी काम समेत शुरु भईरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालीकाले काम रोकेको भन्दै दुख व्यक्त गरेका छन ।
स्थानीयवासीले बन्न लागेको पुल नरोक्न आग्रह गर्दै सोमबार वीरेन्द्रनगर नगरपालीको ध्यानकर्षण समेत गराएका छन । स्थानियले उपप्रमुख मोहनमाया ढकाललार टोल भेलाले गरेको निर्णय समेत बुझाँएका छन । उनीहरुले पुल बन्न लागेको स्थानबाट नै वडा नम्वर ७ देखी ५ हुदै ४ सम्म जोड्ने सिधा बाटो भएको बताएका छन ।
उनीहरुले यो सडकले त्यस क्षेत्रका धेरै स्थानियवासीले लाभ लिने भन्दै यही पुललाई नै निरन्तता दिन माग गरेका छन । स्थानियले आजै नगरपालिका संगै वडा नम्बर ५ र ७ मा पनि भेलाको निर्णय प्रतिलिपि बुझाँईएका छन ।
यस अघि कालिका मन्दिर टोल विकास समितिका अध्यक्ष लिलाराम सुवेदी लगायतका पदाधिकारीले पुल बनिरहेको ठाँउ भन्दा करिव २ सय मिटर माथितिर पुल बनाउनु पर्ने नगरपालिकामा दवाव दिएका थिए ।

तपाईको प्रतिक्रिया