सिकाई आदान–प्रदान सम्बन्धी एक दिने गोष्ठी सम्पन्न


सुर्खेत ।
जिल्लामा रहेर क्रियासिल रुपमा काम गर्दै आइरहेका गैरसरकारी संस्थाहरुको प्रभावकारी अभ्यास तथा सिकाईहरु आदान–प्रदान सम्बन्धी वीरेन्द्रनगरमा एक दिने गोष्ठी सम्पन्न भएको छ ।


युएसएआईडीको सहयो तथा सुन्दर नेपाल संस्था सुर्खेतको समन्वय र गैर सरकारी संस्था महासंघ नेपाल सुर्खेत शाखाको आयोजनामा सोमबार गोष्ठी सम्पन्न गरेको हो ।
गैर सरकारी संस्था महासंघ नेपाल शाखा सुर्खेतले आयोजना गरेको कार्यक्रममा सुर्खेत स्थित रहेर सामाजिक रुपमा काम गर्दै आईरहेका विभिन्न गैर सरकारी संस्थाहरुले आफुले सामाजिक क्षेत्रमा काम गर्ने क्रममा आफु प्रति आइ परेका चुनौती तथा समस्याहरुको बारेमा छलफल गरेका थिए ।


गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज खिमबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको सभा अध्यक्ष महासंघ जिल्ला शाखाका अध्यक्ष घनश्याम केसीले गरेका थिए ।


अध्यक्ष केसीका अनुसार गैर सरकारी संस्थाहरु सरकारको प्रतिपक्षिको रुपमा नभई सरकारको सहयोगी भएको बताए । उनले गैर सरकारी संस्थाहरुको नियमन निकाय भनेकै सरकार रहेको बताउदैै गैर सरकारी संस्थालाई नियमन गर्नको लागि आउन लागेको विधानमा सरकारले गैरसरकारी संस्थाहरुलाई प्रति पक्ष नभई सरकारको सहयोगीका रुपमा राख्नुपर्ने धारण राखे ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेश सचिव हरिप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, नागरिक सरोकार संघ सुर्खेतका प्रतिनिध पिताम्बर ढकाल, आवाज संस्था सुर्खेकी प्रतिनिधि पवित्रा शाही, सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेल, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया